Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

रिलाइबल नेपाल लाइफको सामाजिक उत्तरदायित्व : कोभिड-१९ बारे दैनिक १ घण्टा परामर्श

न्युज कारोबार काठमाडौं वैशाख २३, २०७८       

रिलाइबल नेपाल लाइफको सामाजिक उत्तरदायित्व : कोभिड-१९ बारे दैनिक १ घण्टा परामर्श

रिलाइबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सामाजिक उत्तरदायित्व अनुरूप काठमाडौँ मेडिकल कलेजका डा. सुभाष पन्तसँग कोभिड-१९ का विषयमा प्रत्यक्ष कुराकानी गर्ने व्यवस्था गरेको छ । रिलाइबलले आजदेखि वैशाख २८ गतेसम्म हरेक दिन बेलुका ८ देखि ९ बजेसम्म प्रत्यक्ष कुराकानी गर्ने व्यवस्था गरेकाे हाे ।

यस कार्यक्रममार्फत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीले कोभिड-१९ सम्बन्धी सावधानी, जोखिम, संक्रमण नियन्त्रणका उपाय, खानपान लगायतका विषयमा जानकारी दिन सक्नेछन् । कार्यक्रममा सहभागी हुन चाहनेले ६२१२४१७०५२ जुम आइडीमार्फत सम्पर्क गर्न कम्पनीले अनुराेध गरेकाे छ । यसका साथै कम्पनीको फेसबुक पेज http://https: www.facebook.com/reliablelifeinsurancelimited बाट पनि प्रत्यक्ष  जोडिन सकिने छ ।

सम्बन्धित खबरहरु