काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सामाजिक सुरक्षा योजनालाई सफलतापूर्वक लागू गर्न व्यवहारिक समाधान खोजौं : गोल्छा

17.14K
shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले श्रम सम्बन्ध सुधारको दिशातिर बढी रहेको भए पनि श्रम सम्बन्ध दिगो र भरपर्दाे बनाउनुपर्ने बताएका छन् । अध्यक्ष गोल्छाले १३२ औं अन्तर्राष्ट्रिय मे दिवसको अवसरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै श्रम सम्बन्धलाई दिगो र भरपर्दो बनाउन लगानी प्रवर्द्धन, रोजगारी सिर्जना, उद्यमशीलता विकास, श्रम सम्बन्ध सुधारजस्ता विषयलाई मुख्य प्राथमिकतामा राखेर जानुपर्ने कुरामा जोड दिए ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीको प्रभाव र पीडाबाट मुक्ति पाउने आशा पलाएको अवस्थामा कोरोना संक्रमणको दोस्रो लहरले थप चिन्ता थपेको भन्दै अध्यक्ष गोल्छाले अहिले हाम्रा सामु दैनिकी सञ्चालन र मानव जीवनको सुरक्षा अत्यन्त चुनौतीको रूपमा देखिएको, अर्थतन्त्र र आर्थिक गतिविधि अवरुद्ध हुने स्थिति सिर्जना भएकाले सबै क्षेत्रबाट सहकार्य हुनुपर्ने बेला आएको बताए ।

यस्तो स्थितिमा हाम्रा प्रयास र पहलहरू अर्थतन्त्र, उद्योग व्यवसाय र रोजगारीमा पर्न सक्ने प्रभावलाई न्यूनीकरण गर्न केन्द्रीत हुनु पर्नेमा जोड दिँदै अध्यक्ष गोल्छाले भने, ‘विश्वभरिनै कोरोना संक्रमणको प्रकृति हेर्दा चाडै नियन्त्रणमा आउने सम्भावना छैन, यस्तो स्थितिमा जीउ ज्यानको सुरक्षाको साथै आर्थिक गतिविधिलाई चलायमान बनाई राख्नुपर्ने चुनौती र बाध्यता हामी सबैले महशुस गरेका छौं ।’

संक्रमण नियन्त्रणको लागि सरकारबाट जारी गरिने निषेधाज्ञा र लकडाउनजस्ता उपायले अर्थतन्त्र र उद्योग व्यवसाय सञ्चालनमा संकुचन आउने र यसबाट रोजगारीसमेत प्रभावित भई थप संकट थपिने होकी भन्ने त्रास बढ्न गएको छ । अध्यक्ष गोल्छाले भने, ‘हामीले स्वास्थ्य सुरक्षाको विषयप्रति संवेदनशील भई आर्थिक गतिविधि सञ्चालन गर्न आग्रह गरेका छौं । हाम्रो सामू रहेको यो चुनौतीपूर्ण घडीमा सर्तकतापूर्वक जोखिम न्यूनीकरणका उपाय अनिवार्य रूपमा पालना गरी हाम्रो काममा निरन्तरता दिनुको विकल्प छैन ।’

उनले लगानी बृद्धि र रोजगारी सिर्जनाको कुरा पनि गरिरहेको तर उद्योगहरूको विस्तार र लगानी बढ्न नसकेको बताए । ‘अहिले ७÷८ लाख भारतीय कामदारहरू नेपालमा काम गरिरहेको पाइन्छ, किन यसो भइरहेको छ, यसको कारण खोज्न जरूरी छ । ’सामाजिक सुरक्षा योजना कार्यान्वयनमा समस्या देखिएको भन्दै अध्यक्ष गोल्छाले किन सामाजिक सुरक्षा योजनालाई सफलतापूर्वक लागू गर्नमा अवरोध आइरहेको छ, यसको व्यवहारिक समाधान खोजिनुपर्नेमा जोड दिए ।

महामारीबाट सिर्जित यो विषम परिस्थितिमा अझ बढी समझदारी एवं सुजवुझका साथ सहकार्य गर्नुपर्ने कुरामा जोड हुँदै उनले सबै श्रमिक कामदार कर्मचारीहरूको सु–स्वास्थ्य र सुरक्षाको कामनासमेत गरे । त्यसैगरी महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष रामचन्द्र संघईले महामारीबाट उत्पन्न आजको कठिन परिस्थितिमा हाम्रा अगाडी आउने समस्या र संकटको सबै मिलेर सामना गर्नुपर्नेमा जोड दिए ।

अर्थतन्त्र र उद्योग व्यवसाय चलायमान नहुँदा श्रमजीवि वर्गमा पर्ने प्रभाव कम गर्न हामी सबैले अझ बढी समझदारीका साथ सहकार्य गर्नुपर्नेमा जोड दिँदै रोजगारदाता परिषद्का सभापति संघईले बाच र बचाउको यो कठिन अवस्थाबाट चाडै मुक्त हुने अपेक्षा गर्दै सबै श्रमिकहरूको सुस्वास्थ्य र सुरक्षाको कामना गरे ।