आधुनिक सुरक्षा फिचर्सका साथ ‘प्रोटोन एक्स ७०’ बजारमा
वि.सं.२०७८ वैशाख १२ आइतवार २२:४४
shares
जगदम्बा मोटर्सले चर्चित मलेसियन अटोमोबाइल कम्पनी प्रोटोनको पहिलो एसयूभी ‘प्रोटोन एक्स ७०’ यहि आउने वैशाख १५ गते अर्थात अप्रिल २८ तारिखमा भर्चुअल माध्यमबाट नेपालमा सार्वजनिक गर्ने भएको छ । भर्चुअल लञ्च कार्यक्रम सोही मितिको साँझ ५ बजेपश्चात् प्रोटोन कार्स नेपालको आधिकारिक फेसबुक पेजमार्फत् प्रत्यक्ष प्रसारण गरिनेछ ।
सुरक्षाका सम्पूर्ण मापदण्ड र प्रक्रिया पूरा गरेर तयार गरिएको ‘प्रोटोन एक्स ७०’ को रिफाइन मोडल सुरक्षाको दृष्टिकोणले एसियन एनक्याप ५ स्टार रेटिंङ पाउन सफल एसयूभी रहेको छ । यसलाई सकेसम्म सुरक्षित बनाउन सुरक्षाका केही कसर बाँकी नराखी अत्याधुनिक फिचर्सहरु समावेश गरिएका छन् । यसमा रहेको एड्भान्स ड्राइभर एसिस्ट सिस्टमअन्तर्गत रहेको थ्री डि होलोग्राफिक डिटेक्सन सिस्टममा २ ओटा सेन्सर, ५ ओटा क्यामेरा र ९ ओटा राडर समाहित रहेका छन् जुन चाहिँ इन्टेरियर लाइटिङ र गाडीको आवाजसँग कनेक्टेड हुन्छन् र आउने अफ्ट्यारो परिस्थितिको चेतावनी दिइ रहन्छन् । यसैगरी यसमा रहेको प्रि कोलिजन सेफ्टी सिस्टम र अटोनोमस इमर्जेन्सी ब्रेकिङ्ग सिस्टमले बाटोका ट्राफिक स्थितिलाई डिटेक्ट गर्दछ र यदि कुनै वस्तु सँग ठोक्किन लागेको छाल पाएमा ड्राइभरलाई चेतावनी समेत प्रदान गर्दछ ।
यसमा रहेको एडेप्टिभ क्रुज कन्ट्रोल सिस्टमले चालकलाई गाडी कुदाएको बेला थकानको अनुभूति हुन दिंदैन र अगाडी रहेको गाडीसँग एउटा उचित दुरी कायम राख्न सहयोग पु¥याउँछ । त्यस्तै लेन डिपार्चर वार्निंग सिस्टमले बिभिन्न क्यामेरा र सेन्सरको माध्यमबाट गाडिले लेन चेन्ज गर्न लागेको पत्ता लगाएर चालकलाई त्यसो हुन नदिन चेतावनी पठाउँछ । यसैगरी यसमा जडित इन्टेलिजेन्ट हाइ बिम कन्ट्रोल सिस्टमले अँध्यारोमा आफ्नै दिशा र विपरित दिशाबाट गुडिरहेका गाडीहरुको लाइट डिटेक्ट गर्दछ र स्वाही अनुसार आफैँ गाडीको लाइट हाइ र लो बिममा परिवर्तन गर्दछ । त्यस्तै ब्लाइन्ड स्पट इन्फर्मेसन सिस्टमले अल्ट्रासोनिक रेडार र क्यामेराको प्रयोग गरेर चालकलाई पिलर मुनि पहेँलो बत्ती नजिकै आउँन लागेका गाडीहरुको जानकारी प्रदान गर्दछ ।
यसमा रहेको ३६० डिग्री थ्रीडी क्यामेरा सिस्टमले ४ ओटा पार्किङ राडर र ४ ओटा अल्ट्रासोनिक राडरको सहयोगमा स्वाही समयमा वरपरका बाधाहरु पत्ता लगाउदछ जुनचाँही ड्राइभर अगाडिको स्क्रिनमा प्रत्यक्ष देखिरहेको हुन्छ । त्यसैगरी, टायर प्रेसर मोनिटरिङ सिस्टमले टायरमा परेको चाप र टायरको तापक्रम मापन गर्दछ, जसले टायरको स्थिति ठिक छ कि छैन भनेर चालकलाई सुचित गराउँदछ । सुरक्षाको दृष्टिकोणले एकदमै भरपर्दो ‘प्रोटोन एक्स ७०’ चाडै नै जगदम्बा मोटर्सका शोरुमहरुमार्फत् देशैभरि उपलब्ध हुनेछ ।

























