Nepalese Flag २०७८ वैशाख २४ गते शुक्रबार   |   May 07, 2021

सुनको मूल्य ३ सय रूपैयाँ बढ्यो 

न्युज कारोबार काठमाडौं वैशाख २, २०७८       

सुनको मूल्य ३ सय रूपैयाँ बढ्यो 

मंगलबार १ सय रूपैयाँ घटेको सुनको मूल्य बिहीबार ३ सय रूपैयाँ बढेको छ । नयाँ वर्षको दिन बुधबार सुनचाँदीको कारोबार भएको थिएन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ८९ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज ८९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन तोलामा ८९ हजार ३ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै बिहीबार चाँदीको मूल्य ३० रूपैयाँ बढेको महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबार १ हजार २ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी आज १ हजार २ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित खबरहरु