nmb bank

गृहपृष्ठ ‘बैंक ब्याज डटकम’को सुरूवात, सबै बैंकको ब्याजदरबारे जानकारी एकै ठाँउमा

‘बैंक ब्याज डटकम’को सुरूवात, सबै बैंकको ब्याजदरबारे जानकारी एकै ठाँउमा

‘बैंक ब्याज डटकम’को सुरूवात, सबै बैंकको ब्याजदरबारे जानकारी एकै ठाँउमा

बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित ब्याजदरको सूचनाहरु सहज ढंगले सम्प्रेषण गर्ने उद्देश्यले आइतबारदेखि bankbyaj.com नामक वेबसाइटकाे सुरुवात भएको छ । बैंक ब्याज डटकमले ग्राहकलाई बैंक तथा वित्तीय संस्थाको ब्याजदरबारे जानकारी दिने मात्र नभएर बैंकिङ पहुँच बढाउन सहयोग पुग्ने सञ्चालककाे दाबी छ ।

उक्त वेबसाइटमा ग्राहकले बैंक तथा वित्तिय संस्थाका कर्जा तथा निक्षेपको ब्याजदर, प्रोसेसिङ चार्जका साथै अन्य सूचनाहरु सहजै हेर्न सक्नेछन् । यसका साथै कर्जा लिनका लागि बैंकमा पुर्‍याउनु पर्ने कागजी प्रक्रियालगायत अन्य जानकारीसमेत वेबसाइटमार्फत प्राप्त गर्न सकिने जनाइएकाे छ ।

कुन बैंक तथा वित्त कम्पनीको आधारदर र खराब कर्जाकाे विषयमा पनि वेबसाइटमार्फत् नै जानकारी लिन सकिने सञ्चालकहरूले बताएका छन् । सञ्चालकका अनुसार वेबसाइटमा राखिएका जानकारी पर्याप्त नभए फोनबाट पनि परामर्श लिन सकिने र साेवापत ग्राहकले कुनै पनि शुल्क तिर्नु पर्दैन ।

प्रकाशित समय : १९:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु