nmb bank

गृहपृष्ठ मेलम्ची घ्याङ गुठीले बुद्ध जयन्तीको अवसरमा विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने

मेलम्ची घ्याङ गुठीले बुद्ध जयन्तीको अवसरमा विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने

मेलम्ची घ्याङ गुठीले बुद्ध जयन्तीको अवसरमा विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने

काठमाडौं । बौद्ध तथा मेलम्ची घ्याङ गुठीले विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

शनिबार पत्रकार सम्मेलन गर्दै आउँदै गरेको २५७० औँ बुद्ध जयन्तीको पावन अवसरमा गुठीले वैशाख १५ गतेदेखि नै बुद्ध वचन (त्रिपिटक) पाठ–पूजा सुरु गरिने र वैशाख १८ गते विशेष कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।

कार्यक्रमअनुसार वैशाख १८ गते बिहान ७ बजेदेखि विश्व शान्तिको नाममा पूजा–पाठ गरिनेछ ।

बिहान ९ बजेदेखि ऐतिहासिक गौतम बुद्ध मूर्ति, ८४ लाख देवी–देवताले समुद्घाटन गरेको मानिने कास्यप बुद्धको अस्तु तथा स्वयम्भूको अस्तु दर्शनार्थीका लागि बौद्ध तथा मेलम्ची घ्याङ गुठी गुम्बामा प्रदर्शनमा राखिनेछ ।

त्यसैगरी बिहान १०ः३० बजे विभिन्न देश–विदेशका कूटनीतिक प्रतिनिधि तथा प्रमुख अतिथिहरूलाई स्वागत गर्दै शान्तिको प्रतीक परेवाको जोडी उडाएर र दीप प्रज्वलनसहित कार्यक्रमको औपचारिक उद्घाटन गरिनेछ ।

११ः३० बजेसम्म औपचारिक कार्यक्रम सम्पन्न गरी भोजन विश्रामको व्यवस्था गरिएको छ ।

दिउँसो २ बजेदेखि ऐतिहासिक गौतम बुद्धको मूर्तिलाई बौद्ध महास्तूप परिसरमा विभिन्न धर्मावलम्बी गुरुहरू, संघसंस्थाहरू तथा परमपूज्य औतारी धर्मगुरु चिनियाँ लामा भूपति बज्र लामाको अगुवाइमा परिक्रमा गरिने कार्यक्रम रहेको गुठीले जनाएको छ ।

प्रकाशित समय : १९:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु