गृहपृष्ठ धुर्कोट आधारभूत अस्पतालमा दन्त सेवा सुरु
धुर्कोट आधारभूत अस्पतालमा दन्त सेवा सुरु
तम्घास । धुर्कोट गाउँपालिका–६ स्थित धुर्कोट आधारभूत अस्पतालमा दन्त सेवा सुरु भएको छ । आजदेखि अस्पतालमा दन्त सेवा सुरु भएको हो । दाँत फाल्ने, सफा गर्ने र औषधि प्रदान गर्ने सेवा अस्पतालबाट प्रदान हुनेछ ।
औषधि र दाँत फाल्ने सेवा स्वास्थ्य बिमामा समावेश गरिएको छ । आज गुल्मी अस्पतालका डेन्टल हाइजेनिष्ट सुनील गैरेले सेवा प्रदान गरे । अर्को महिनाबाट दाँतसम्बन्धी विशेषज्ञ डाक्टरले सेवा दिनेछन् । दाँतसम्बन्धी उपचार प्रत्येक महिनाको पहिलो शनिबार हुनेछ । अस्पतालमा पछिल्लो समय सेवासुविधा थपिँदै गएका छन् । चार महिना अगाडिबाट अस्पतालमा आँखासम्बन्धी सेवा पनि थप गरिएको छ । ग्रामीण भेगका गरिब एवं विपन्न नागरिकलाई लक्षित गर्दै सेवा सुरु गरेको पालिका अध्यक्ष भुपाल पोखरेलले बताए ।
“संविधानमा सबै नागरिकको स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ”, उनले भने, “सरकारकोतर्फबाट क्रमशः त्यसैलाई पूरा गर्दैछौँ ।”
प्रकाशित समय : १८:३४ बजे



















