nmb bank

गृहपृष्ठ अध्यक्ष ओली अस्पतालबाट डिस्चार्ज

अध्यक्ष ओली अस्पतालबाट डिस्चार्ज

अध्यक्ष ओली अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली उपचारपश्चात अस्पतालबाट घर फर्कनु (डिस्चार्ज) भएको छ ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचार गराइरहेका उनले आज उपचारपश्चात घर फर्कनुभएको अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले जानकारी दिए । शल्यक्रियापछि अध्यक्ष ओली चिकित्सकको निगरानीमा रहेको थियो ।

उहाँको शल्यक्रियापछि घरमा नै आराम गर्न चिकित्सकले सुझाव दिएको अस्पतालमा प्रवक्ता डा सेढार्इंले बताए । गत चैत ३० गते अध्यक्ष ओलीको पित्त थैलीको शल्यक्रिया गरी पत्थरी निकालीएको थियो । गत चैत १४ गते अध्यक्ष ओली अस्पताल भर्ना भएको थियो ।

प्रकाशित समय : २०:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु