गृहपृष्ठ महिन्द्रा फोर व्हीलरको सर्भिस सेन्टर सूर्यविनायकमा
महिन्द्रा फोर व्हीलरको सर्भिस सेन्टर सूर्यविनायकमा
महिन्द्रा फोर व्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवर्क्स प्रालिले भक्तपुरको सूर्यविनायकमा महिन्द्रा फोर व्हीलर सवारी साधनहरूको आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । कम्पनीका अनुसार सेवा केन्द्र ‘भक्तपुर मोटो टेक’ त्यस क्षेत्रका लागि बालाजु अटोवर्क्सको सुसज्जित डिलर हो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराई, बालाजु अटो वर्क्सका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्मा, भक्तपुर मोटो टेकका प्रबन्ध निर्देशक प्रयास बुढाथोकी, सूर्यविनायक नगरपालिकाका मेयर वासु थापा, नायिका अदिती बुढाथोकी र जगाती परिसरका डीएसपी राजेश थापाद्वारा संयुक्त रूपमा सर्भिस सेन्टरको उद्घाटन गरिएको हो ।
'यो सेवा केन्द्र स्थापना गर्नुको उद्देश्य भक्तपुर र यसका वरपरको क्षेत्रका ग्राहकहरूलाई सुविधाजनक र किफायती सेवा पुर्याएर उहाँहरूलाई कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराइ लाभ पुर्याउनु हो,' कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
बालाजु अटो वर्क्सका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्माका अनुसार सबै महिन्द्रा सर्भिसिङ केन्द्रमा ग्राहकलाई अधिकतम सन्तुष्टि दिनका लागि निरन्तर गुणस्तरीय सेवा प्रदान गर्नमा कम्पनी बढी केन्द्रित रहँदै आएको छ । यो सर्भिस सेन्टरले आफ्ना ग्राहकरूलाई महिन्द्रा अटोमोबाइल्सका स्कर्पियो, बोलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १०० र थार लगातका सबै उत्पादन श्रृंखलाको बिक्री-सेवा र सक्कली स्पेयर पार्ट्स उपलब्ध गराउनमा समर्पित हुनेछ ।
भक्तपुर मोटो टेकका प्रबन्ध निर्देशक बुढाथोकीका अनुसार कम्पनीको प्रमुख उद्देश्य महिन्द्राको सवारी साधनका लागि सर्भिसिङ र सक्कली स्पेयर पार्ट्स प्रदान गर्नु हो । यो सर्भिसिङ सेन्टरले महिन्द्रा सवारी साधनका ग्राहकको आफ्नै मूल स्थानमा गुणस्तरीय सेवा सुविधा पाउने उनीहरूको आशा पूरा गर्नेछ ।
प्रकाशित समय : २१:३५ बजे


















