काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

म्यानमारमा थप ७ प्रदर्शनकारीको मृत्यु

14.6K
shares

म्यानमारमा सैन्य ‘कू’विरुद्ध जारी प्रदर्शनमा प्रहरीले चलाएकाे गोली लागेर थप सात प्रदर्शनकारीको मृत्यु भएको छ । बिहीबार म्यानमारको मियाइङ सहरमा सुरक्षाकर्मीको गोली लागेर ६ जना प्रदर्शनकारीको मृत्यु भएको हो । अर्का एक प्रदर्शनकारीको मृत्यु भने नर्थ डागोन जिल्लाको यान्गोनमा भएको स्थानीय सञ्चार माध्यम र प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

याेसँगै म्यानमारमा सेनाविरुद्धको आन्दोलनमा मृत्यु हुनेकाे संख्या ६७ नाघेकाे छ र दुई हजारभन्दा धेरै मानिस पक्राउ परेको एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स एड्भोकेसी ग्रुपले जनाएकाे छ । फेब्रुअरी १ मा म्यानमारको सेनाले प्रजातन्त्रवादी नेताहरुलाई हिरासतमा लिँदै सैन्य ‘कू’ गरेको थियो । त्यसको विरोधमा अहिले निरन्तर म्यानमारमा प्रदर्शन भइरहेको छ ।