काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भीम-कमला छात्रवृत्ति अक्षयकोष स्थापना

13.52K
shares

सुर्खेत क्याम्पस शिक्षामा २५ लाख रुपैयाँको भीम-कमला छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको छ । बुधबार उक्त अक्षयकोष स्थापना गरिएको हो । साविक दैलेखको खरिगैरा गाउँपञ्चायत र हाल महावु ५ दैलेख स्थायी ठेगाना भएकी कमलादेवी मल्लले आफ्ना दिवङ्गत पति भीमबहादुर मल्लाको सम्झनामा उक्त अक्षयकोष स्थापना गरेकी हुन् ।

हाल कोहलपुर नगरापलिका ६ बस्ने कमलादेवीले बुधबार आफ्ना भतिज जयबहादुर मल्ल, भाइबुहारी धर्मराज शाही र बिमला शाहीसहित सुर्खेत क्याम्पस शिक्षाका प्रमुख माधवप्रसाद खनाललाई उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन् । चेक हस्तान्तरण कार्यक्रममा बोल्दै कमलादेवीले क्याम्पसको भवन निर्माणका लागि ७५ लाख एक हजार रुपैयाँसमेत प्रदान गर्ने घोषणा गरेकी छन् ।

क्याम्पसमा विभिन्न विषयमा उत्कृष्ट अंक प्राप्त गर्ने छात्रछात्राहरुलाई छात्रवृत्ति गर्नका लागि अक्षयकोषको स्थापना गरिएको उनले बताइन् । कार्यक्रममा सहायक क्याम्पस प्रमुख राजन कँडेल, पूर्व सहायक क्याम्पस प्रमुखहरु डा. हर्कबहादुर शाही र डा. दीपक गौतम, विद्यार्थी कल्याण विभावका प्रमुख डम्बरबहादुर खत्री, क्याम्पसको नेपाली विभागका प्रमुख थानेश्वर लामिछाने, प्रशासन सहायक राजन शर्मालगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै सुर्खेत क्याम्पस शिक्षाका प्रमुख माधवप्रसाद खनालले प्रतिभावान् विद्यार्थीहरुको पढाईमा अक्षयकोष रकमले थप प्रोत्साहन गर्ने बताए । उनले जहेन्दार विद्यार्थीलाई छात्रवृत्तिले उर्जासमेत दिने तर्क गरे ।