गृहपृष्ठ बानेश्वर प्रहरी वृत्तकी हवल्दार ११ लाख घुससहित पक्राउ
बानेश्वर प्रहरी वृत्तकी हवल्दार ११ लाख घुससहित पक्राउ
प्रहरी महिला हवल्दार ताराकुमारी श्रेष्ठ ११ लाख घुससहित पक्राउ परेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत हवल्दार श्रेष्ठसहित होटल सञ्चालक अनिश जोशीलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो ।
पक्राउ गरिएका उनीहरुको साथबाट ११ लाख घुस रकम बरामद गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ । अख्तियारका अनुसार भन्सार चोरी, निकासीको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
प्रकाशित समय : १६:१७ बजे


















