गृहपृष्ठ बहिष्कार र अवरोधपछि संसदको पहिलो बैठक बिचैमा स्थगित
बहिष्कार र अवरोधपछि संसदको पहिलो बैठक बिचैमा स्थगित
सर्वोच्च अदालतको फैसलापछि पुनःस्थापित प्रतिनिधि सभाको बैठक पहिलो दिनमै अवरुद्ध बनेको छ । नेकपा प्रचण्ड-माधव पक्षको बहिष्कार र कांग्रेसको अवरोधका कारण संसद बैठक बिचैमा स्थगित भएको हो । अर्को बैठक फागुन २६ गते बस्ने भएको छ ।
नेपाली कांग्रेसका सांसदहरुले अध्यादेश फिर्ताको माग गर्दै संसदमा नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले १० मिनेटका लागि बैठक स्थगित गरेका थिए । पुनः बैठक अघि बढाउन सक्ने स्थिति नभएपछि सभामुख सापकोटाले बैठक स्थगित गरेका हुन् ।
सरकारले ल्याएका अध्यादेशबारे सदनमा विरोध जनाउँदै नेपाली कांग्रेसका सांसदहरूले नाराजुलुस लगाएका थिए । नाराबाजीका बिच कानुनमन्त्री लिलानाथ श्रेष्ठले सदनमा अध्यादेश पेश गरेका थिए । सदनमा अध्यादेश प्रवेश गर्न नसक्ने भन्दै सचेतक बालकृष्ण खाँडले अविलम्ब अध्यादेश फिर्ता लिनसमेत माग गरेका छन् । यसअघि प्रचण्ड-नेपाल पक्षले पनि अध्यादेश असंवैधानिक तवरले आएको भन्दै विरोध जनाएर सदन छाडेर हिँडेका थिए ।
प्रकाशित समय : ००:४४ बजे



















