global ime bank Long Banner Ad

गृहपृष्ठ प्रभु बैंकको प्रधान कार्यालयमा ५० विद्यार्थीलाई वित्तीय साक्षरता कक्षा

प्रभु बैंकको प्रधान कार्यालयमा ५० विद्यार्थीलाई वित्तीय साक्षरता कक्षा

प्रभु बैंकको प्रधान कार्यालयमा ५० विद्यार्थीलाई वित्तीय साक्षरता कक्षा

प्रभु बैंक लिमिटेडको प्रधान कार्यालय अवलोकन गर्न आएका सिन्धुपाल्चोकको तालमराङ गाउँपालिकास्थित तेर्षे माध्यामिक र बतासे माध्यमिक विद्यालयमा कक्षा ७, ८ र ९ मा अध्ययनरत ५० जना विद्यार्थीलाई बैंकले बैंकिङ साक्षरता प्रदान गरेको छ । विद्यार्थीहरु आइतबार बैंकको बबरमहलस्थित प्रधान कार्यालय पुगेका थिए ।

बैंकको प्रधान कार्यालय र बैंकबाट सञ्चालन/सम्पादन हुने विभिन्न क्रियाकलापहरुको अवलोकन तथा अध्ययनका लागि ५० जनाको संख्यामा आएका विद्यार्थीलाई विभिन्न ५ समूहमा विभाजन गरी प्रधान कार्यालयअन्तर्गतका विभिन्न विभागको स्थलगत अवलोकन र विभागीय प्रमुखहरुसँग साक्षात्कार गराइएको थियो । स्थलगत अवलोकको समापन समारोहमा विद्यार्थीहरुसँगअन्तर्क्रिया गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंक र बैंकद्वारा सम्पादन हुने सबै किसिमका कार्यका बारेमा विद्यार्थीहरुले बुझ्नेगरी जानकारी दिए । बैंकका ब्राण्ड एम्बेस्डर एवं चर्चित गायक/कलाकार प्रकाश सपुतको उपस्थिति रहेको उक्त कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई कापी, कलम लगायतका शैक्षिक सामग्रीहरु समेत प्रदान गरिएको थियो । उक्त अवसरमा विद्यार्थीहरुले प्रमुख कार्यकारी अधिकृतसमक्ष विभिन्न किसिमका बैंकिङ तथा वित्तीय विषयसँग सम्बन्धित जिज्ञसााहरु राखेका थिए । 

प्रभु बैंक लिमिटेडले विभिन्न सामाजिक क्रियाकलापमा सहभागी हुँदै सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउँदै नेपालको शिक्षा क्षेत्रमा समेत आर्थिक, शैक्षिक लगायतको सहयोग उपलब्ध गराउँदै आएको छ । आगामी दिनमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न समाजपयोगी कार्यक्रमहरुमा सहभागिता जनाउँदै देशका विभिन्न विद्यालयमा अध्ययनरत  विद्यार्थीहरुलाई विद्यालय तहको बैंकिङ व्यवहारिक ज्ञान प्रदान गरी बैंकिङ क्षेत्रमा वित्तीय साक्षरता उपलब्ध गराउन प्रतिबद्ध रहेको बैंकले जनाएको छ ।

प्रकाशित समय : ००:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु