गृहपृष्ठ नेप्सेमा दोहोरो अंकको गिरावट, बजार पूँजीकरण प्रभावित
नेप्सेमा दोहोरो अंकको गिरावट, बजार पूँजीकरण प्रभावित
धितोपत्र बजारमा सेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २१.५८ ले ओरालो लागेर दुई हजार ४८५.०९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७८ अंकले घटेर ४४९.६८ मा ओर्लेको छ ।
कुल २११ कम्पनीको एक करोड १७ लाख ७८ हजार ८२० कित्ता सेयर पाँच अर्ब ५४ लाख ६६ हजार ४८० रूपैयाँमा खरिद बिक्री भए । बजार ओरालो लाग्दा बजार पूँजीकरण प्रभावित भएको छ । आजको कारोबारपछि बजार पूँजीकरण ३४ खर्ब २४ अर्ब ८५ लाख ५१ हजार १३९ बराबर पुगेको छ ।
कारोबार भएका कुल १३ उपसमूहमध्ये आज दुई उपसमूहको सेयर उकालो लाग्दा ११ उपसमूहको सेयर भने ओरालो लागेको छ । होटल तथा पर्यटन ५०.१५ र जलविद्युत् १८.३४ ले उकालो लाग्दा बैंकिङ १२.४१, व्यापार १८१.४८, विकास बैंक ५.५६, वित्त ३.२६, निर्जीवन बिमा ८५.५१, उतपादन ८२.२९, अन्य १७.७१, लघुवित्त ५१.७९, जीवन बिमा ३०६.३२, सामूहकि लगानी कोष ०.०२ र लगानी १.७५ अंकले ओरालो लागेको छ ।
कारोबारका आधारमा आज नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ४२ करोड ७८ लाख ४० हजार ९२४ बराबरको कारोबार भएको छ । यस्तै नेपाल बैंक ३९ करोड ६९ लाख ९३ हजार ७८२, माथिल्लो तामकोशी जलविद्युत् कम्पनी २४ करोड २३ लाख ९९ हजार ६४२, ग्लोबल आइएमई बैंक १७ करोड १३ लाख ५३ हजार ८७०, नेपाल इन्स्योरेन्सक कम्पनी १५ करोड ७६ लाख ६८ हजार ५१४ र शिखर इन्स्योरेन्स कम्पनी १४ करोड ७१ हजार ६० हजार ४६९ कारोबार भएको छ । त्यसैगरी नेपाल पुनर्बिमा कम्पनी ११ करोड ३८ लाख ४३ हजार ९०५, नेको इन्स्योरेन्स ११ करोड १८ लाख ३१ हजार ८५२ , नेपाल लाइफ इन्स्योरेन्स कम्पनी १० करोड ९६ लाख ९८ हजार ८४० र नेपाल दूरसञ्चार कम्पनी १० करोड ४६ लाख ६४ हजार १०१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेका छन् ।
यस्तै कारोबारका आधारमा चन्द्रागिरी हिल्सका लगानीकर्ताले ९.९२ प्रतिशतले कमाउदा नेपाल हाइड्रो डेभलपर ९.८३, रैराङ हाइड्रोपावर ९.६९, एक्सेल डेभलपमेन्ट बैंक ७.१४, नेपाल इन्स्योरेन्स ६.५४, युनिभर्सल पावर कम्पनी ५.११, रिलायन्स फाइनान्स ४.४८, माथिल्लो तामाकोशी ४.१७, हिमालय पावर पार्टनर ३.८७ र एनआइबीएफ प्रगति फण्डका लगानीकर्ताले ३.८७ प्रतिशतले कमाए । नेशनल हाइड्रोपावर ५.५२, साल्ट ट्रेडिङ कर्पोरेशन ५, बोटलर्स नेपाल तराई ३.९६, किसान लघुवित्त ३.७१, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम ३.५५, श्री इन्भेस्टमेन्ट फाइनान्स ३.४५, सर्पोट माइक्रोफाइनान्स ३.४०, गुराँस लाइफ इन्स्योरेन्सक कम्पनी ३.३९ र बैंक अफ काठमाडौंका लगानीकर्ताले ३.३७ प्रतिशतले गुमाए ।
प्रकाशित समय : २३:५४ बजे



















