global ime bank Long Banner Ad

गृहपृष्ठ प्रचण्ड-नेपाल समूहद्वारा संसद बैठक बहिस्कार

प्रचण्ड-नेपाल समूहद्वारा संसद बैठक बहिस्कार

प्रचण्ड-नेपाल समूहद्वारा संसद बैठक बहिस्कार

नेकपा प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ ।  सभामुख अग्नि प्रसाद सापकोटाले अध्यादेश लगायतका विषय  बैठककाे कार्यसूची तय गरेपछि सो पक्षले बैठक बहिस्कार गरेको हो ।

यसअघि बैठकमा बोल्दै सांसद भीम रावलले कार्यसूचीबाट अध्यादेश लगायतका विषय हटाइनुपर्ने माग गरेका थिए । रावलले बैठक अन्य कार्यसूचीमा प्रवेश नगर्ने सहमति भएको भन्दै बैठकलाई श्रद्धाञ्जलीसम्बन्धी कार्यसूचीमा सीमित राख्नुपर्ने तर्क गरेका थिए । सभामुखले यसअघि नै कार्यसूची तय भइसकेकाले सो विषय हटाउन नसकिने जवाफ दिएका थिए ।

बैठकमा बोल्दै रावलले 'वर्तमान सरकार कुन पार्टीको ?' हो भन्ने प्रश्न गरे । उनले सर्वोच्च अदालतबाट आइतबार नेकपा विवादसम्बन्धी रिटमा ऋषि कट्टेलको पक्षमा फैसला गरेको तर्फ संकेत गर्दै ‘वर्तमान सरकार नेपाल कम्युनिस्ट पार्टी नेकपा होइन भने अहिलेका प्रधानमन्त्री कुन पार्टीको ?’ भनेर प्रश्न गरेका हुन् ।

प्रकाशित समय : २३:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु