गृहपृष्ठ मुक्तिनाथ बैंकका ग्राहकहरुलाई होटल सबरिनामा छुट
मुक्तिनाथ बैंकका ग्राहकहरुलाई होटल सबरिनामा छुट
मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिषा डेबिट कार्डबाहक ग्राहकहरुलाई थप सेवा दिन बुढानिलकण्ठस्थित होटल सबरिना (Hotel Sabrina)सँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्नेगरी सम्झौता गरेको छ । यस सम्झौतापश्चात मुक्तिनाथ बैंकका भिषा डेबिट कार्डबाहक ग्राहकहरुले होटल सबरिनाबाट बसाई, खाना, बेवरेज, बेकरी तथा साउनाको सेवा लिदा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
मुक्तिनाथ विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिषा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा लगायतका कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।
प्रकाशित समय : २३:०९ बजे



















