गृहपृष्ठ राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान
राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । सरकारको सिफारिसअनुसार फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । मन्त्रिपरिषद बैठकले फागुन २३ गते संसद अधिवेशन आह्वानका लागि राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सोमबार मात्रै सिफारिस पत्र पेस गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । गत फागुन ११ गते प्रतिनिधिसघा विघटनको घोषणा बदर गर्दै सर्वाेच्चले १३ दिनभित्र संसद बैठक बोलाउन निर्देशनात्मक आदेश दिएको थियो । यसअघि पुस १७ गतेलाई अधिवेशन तय भएको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मै प्रतिनिधि सभा विघटनका लागि सिफारिस गरेका थिए ।

प्रकाशित समय : १९:१० बजे



















