global ime bank Long Banner Ad

गृहपृष्ठ महिला लघुवित्तको आईपीओ बाँडफाँट, नतिजा मेरो सेयरमै

महिला लघुवित्तको आईपीओ बाँडफाँट, नतिजा मेरो सेयरमै

महिला लघुवित्तको आईपीओ बाँडफाँट, नतिजा मेरो सेयरमै

महिला लघुवित्त वित्तीय संस्थाको आपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले शुक्रबार बिहान कम्पनीको कार्यालयमा सेयर बाँडफाँड गरेको हो ।

आवेदकमध्ये ३७ हजार ५ सय जनाले प्रतिव्यक्ति १० कित्ताका दरले आईपी पाएका छन् । लघुवित्तको आपीओमा १५ लाख ४० हजार ३५ जना आवेदकले २ करोड ३७ लाख ४७ हजार ५९० कित्ता सेयरका लागि वेदन दिएका थिए ।

मागभन्दा धेरै आवेदन परेकाले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिकाअनुसार गोलाप्रथाबाट न्यूनतम् १० कित्ताका दरले सेयर वितरण गरिएको एसबीआई क्यापिटलले जनाएको छ ।

लघुवित्तले चुक्ता पुँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुन उने ४ करोड रुपैयाँबराबरको प्रतिकित्ता १०० अंकित दरको ४ लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये ०.५ प्रतिशत अर्थात् ५ हजार कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । सर्वसाधारणका लागि छुट्याइएकोमध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले ३ लाख ७५ हजार कित्ताका लागि आवेदन दिएका थिए ।

आईपीको नतिजा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ र कम्पनीको वेबसाइटबाट पनि हेर्न मिल्ने व्यवस्था गर्न सीडीएस एन्ड क्लियरिङले निर्देशन दिए पनि दुवै वेबसाइट खुलेका छैनन् ।

यो पनि पढ्नुहोस्

लगानीकर्ताको डिम्याट अकाउन्ट जथाभावी बाँड्न सीडीएससीले लगायो रोक

प्रकाशित समय : १७:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु