गृहपृष्ठ पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मष्तिष्कघात, अवस्था गम्भीर
पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मष्तिष्कघात, अवस्था गम्भीर
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । उनको सचिवालय स्रोतका अनुसार बिहीबार राति शरीरको देब्रे भागमा समस्या भएपछि उनलाई वीर अस्पताल लगिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई नर्भिक सारिएको छ ।
नेता जोशीको मस्तिष्कमा रगत जमेको र अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । अहिले उनको आकस्मिक शल्यक्रिया गर्ने तयारी भइरहेको बताइएको छ ।
प्रकाशित समय : १७:२५ बजे


















