global ime bank Long Banner Ad

गृहपृष्ठ सुनको मूल्य लगातार ओरालो, शुक्रबार ५ सय रूपैयाँ घट्यो

सुनको मूल्य लगातार ओरालो, शुक्रबार ५ सय रूपैयाँ घट्यो

सुनको मूल्य लगातार ओरालो, शुक्रबार ५ सय रूपैयाँ घट्यो

तीन दिनयता सुनको मूल्य निरन्तर घटिरहेको छ । सुन बुधबार ३ सय, बिहीबार ५ सय र शुक्रबार ५ सय रूपैयाँ गरी तीन दिनमा १३ सय रूपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ८८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको लागि छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ३ सय रूपैयाँ तोकिएको थियो ।

त्यस्तै शुक्रबार तेजावी सुनको प्रतितोला मूल्य ८८ हजार ३५० रूपैयाँमा कायम भएको छ । बिहीबार बढेको चाँदीको मूल्य शुक्रबार भने २० रूपैयाँ घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ३५५ रूपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित समय : १७:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु