global ime bank Long Banner Ad

गृहपृष्ठ मकवानपुरमा भिरबाट लडेर एकको मृत्यु

मकवानपुरमा भिरबाट लडेर एकको मृत्यु

मकवानपुरमा भिरबाट लडेर एकको मृत्यु

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ मा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।मृत्यु हुनेमा हेटौँडा–१२ स्थित गोठेदमार बस्ने अन्दाजी ४० वर्षीय केशव विक रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

उनका अनुसार विकको गुप्तेश्वरी जंगलमा भिरबाट लडेर गए राति नै मृत्यु भएको हो । विक भिरबाट करिब २०० मिटर तल खसेका थिए । प्रवक्ता रानाका अनुसार, मृतक विकको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याइएको र उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित समय : १६:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु