global ime bank Long Banner Ad

गृहपृष्ठ ज्योति लाइफको आईपीओ फागुन २३ गतेदेखि

ज्योति लाइफको आईपीओ फागुन २३ गतेदेखि

ज्योति लाइफको आईपीओ फागुन २३ गतेदेखि

ज्योति लाइफ इन्स्योरेन्सले फागुन २३ गतेदेखि सर्वसाधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ जारी गर्न हालै धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो ।

निष्कासन गर्न लागिएको ६६ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३३ हजार कित्ता कर्मचारी र ५ प्रतिशत सामूहिक लागनी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले ५९ लाख ४० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ । आईपीओका लागि सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिन्छ ।

ज्योति लाइफको आईपीओला केयर रेटिङ नेपालले केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्छ ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ५४ करोड रुपैयाँ छ । आईपीओ बाँडफाँडपश्चात् चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

यो पनि पढ्नुहोस्

आईपीओ जारी गर्ने तरखरमा ज्योति लाइफ, यस्ता छन् वित्तीय सूचक

प्रकाशित समय : १७:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु