गृहपृष्ठ नेप्सेमा उच्च अंकको गिरावट, बजार पूँजीकरण घट्यो
नेप्सेमा उच्च अंकको गिरावट, बजार पूँजीकरण घट्यो
झण्डै मुलुकको कूल ग्राहस्थ उत्पादन (जीडीपी) बराबर पुगेको बजार पूँजीकरणमा ठूलो गिरावट आएको छ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक लगातार ओरालो लागेपछि बजार पूँजीकरणमा उच्च अंकमा गिरावट देखिएको हो । साताको आज अन्तिम दिन नेप्सेमा झण्डै ४५ अंकले गिरावट आउँदा बजार पूँजीकरण ३५ खर्ब १९ अर्ब ४८ करोड ८१ लाख ३२ हजार ५१९ रूपैयाँमा सीमित भएको छ । केही दिन पहिले बजार पूँजीकरण झण्डै साढे ३६ खर्बको हाराहारीमा पुगेको थियो ।
बजार पूँजीकरणमा ठूलो हिस्सा राख्ने पूर्वाधार बैंकको सेयर मूल्यमा लगातार दुई दिनदेखि गिरावट आइरहेको छ । सोही कारण पनि बजार प्रभावित भएको हो । मंगलबार र बुधबार पूर्वाधार बैंकको सेयरमा तीव्र उतारचढाव देखा परेको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ४४.९४ अंकले घटेर दुई हजार ५५४.१४ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.५३ अंकले घटेर ४६१.८१ मा ओर्लेको छ । कूल २०६ कम्पनीको एक करोड ५८ लाख ५६ हजार १७१ कित्ता सेयर छ अर्ब नौ करोड ८१ लाख ८८ हजार ४१४ मा कारोबार भयो ।
कारोबार भएका अधिकांश उपसमूहको सेयर ओरालो लागेको छ । बैंकिङ ३७.४९, व्यापार ५५.१, होटल १७.३६, विकास बैंक ४७.४९, जलविद्युत् २७.७५, वित्त २५.७२, निर्जीवन बिमा १७६.१८, उत्पादन ७२.२७, अन्य ३६.७८, लघुवित्त ६०.४८, जीवन बिमा २९९.७८ र सामूहिक लगानी कोष ०.०४ अंकले घटेको छ ।
कारोबारका आधारमा पूर्वाधार बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ९० करोड ३५ लाख ६७ हजार ५७७ बराबरको कारोबार भयो । यस्तै, नबिल बैंक २१ करोड ६० लाख ५३ हजार ६१, नेशनल हाइड्रो पावर २१ करोड २६ लाख ७१ हजार ४८४, नेपाल बैंक २१ करोड १३ लाख ९४ हजार ७८८, एनआइसी एशिया बैंक २० करोड ४० लाख ४६ हजार ७०२, नेको इन्स्योरेन्स १८ करोड ३४ लाख ४३ हजार ५१३, ग्लोबल आइएमई बैंक १७ करोड ३० लाख ९० हजार ९२१, हिमालयन डिस्टिलरी १२ करोड ६३ लाख ५६ हजार ७०१ र नेपाल लाइफ इन्स्योरेन्स १२ करोड ३३ लाख ३६ हजार ४०२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । कारोबारका आधारमा आज चन्द्रागिरि हिल्सका लगानीकर्ताले ९.९१ प्रतिशतले कमाए । नेशनल हाइड्रोपावर ८.२२, सिटिजन म्युचुअल फण्ड ३.३३, सानिमा लार्ज क्याप फण्ड २.९०, एभरेष्ट बैंक २.८८, मेरो माइक्रोफाइनान्स १.६०, र ओरियण्टल होटलका लगानीकर्ताले १.५७ प्रतिशतले कमाए ।
यो साता सनराइज फस्ट म्युचुअल फण्ड ६.८४, शिवश्री हाइड्रोपावर ५.५३, आइएमई जनरल इन्स्योरेन्स ५.४५, समृद्धि फाइनान्स ४.७८, माउण्टेन हाइड्रो ४.१८, गुडविल फाइनान्स ४.०४, लिवर्टी इनर्जी ३.९१ र आँखु खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ३.८५ प्रतिशतले गुमाएका छन् ।
प्रकाशित समय : ००:१० बजे



















