global ime bank Long Banner Ad

गृहपृष्ठ महासंघ र नेपाल बैकर्स संघबीच ऋण सहजीकरणसम्बन्धी समझदारी

महासंघ र नेपाल बैकर्स संघबीच ऋण सहजीकरणसम्बन्धी समझदारी

महासंघ र नेपाल बैकर्स संघबीच ऋण सहजीकरणसम्बन्धी समझदारी

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघबीच लघु, घरेलु, साना तथा मझौला उद्यमहरु (एसमएमईज)को प्रवर्द्धन एवं संरक्षणका लागि वित्तीय कर्जा लगायतको सेवा प्रवाहमा सहजीकरण गर्न समझदारी भएको छ । समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र संघका अध्यक्ष भुवन कुमार दाहालले बिहीबार हस्ताक्षर गरे ।

समझदारी अनुसार वाणिज्य बैंकहरू र एसमएमईजहरूको संयुक्त पहलबाट उद्यमी, व्यवसायी एवं बैंकहरूका बीच हुने सेवा प्रवाहमा विश्वसनीय र जोखिमरहित व्यवसायिक वातावरण सिर्जना गर्न सहकार्य हुने भएको छ । यसका साथै उद्यमी, व्यवसायी एवं बैंकहरूका हित प्रवद्र्धन गर्न आवश्यक कार्य गर्ने, एसमएमईजको क्षेत्रमा हुने सेवालाई प्रभावकारी बनाउन एवं सेवा सहजीकरण गर्न केन्द्रीय तथा प्रादेशिक तहमा संयुक्त कार्यदल गठन गर्ने र उक्त कार्यदलले वित्तीय सेवा प्रवाहको सहजीकरणको निमित्त आवश्यक नीतिगत सुझावहरू तर्जुमा गरी सम्बन्धित निकायमा समन्वय गरी कार्यान्वयनका लागि अनुरोध गर्ने र आवश्यकता अनुसार संयुक्त रूपमा प्रदेशस्तरीय वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गर्ने कार्यक्रम छ । 

महासंघका अध्यक्ष गोल्छाले मुलुकभित्र एसमएमईजको प्रवर्द्धनमा दुवै संस्थाबीच भएको यो समझदारी कोशेढुंगा हुने विश्वास व्यक्त गरे । ‘आजबाट हामी सहकार्यको नयाँ मार्गतर्फ पाइला हालेका छौं । निश्चिय नै एसमएमईजले विशेष गरी ऋणको सहज पहुँचमा भोग्दै आएको समस्यालाई यो प्रयासले अब सम्बोधन गर्नेछ,’ अध्यक्ष गोल्छाले भने, ‘एसमएमईजलाई सघाउन सकेमात्र समृद्धि सम्भव छ ।’

संघका अध्यक्ष दाहालले एसएमईजको सहयोगका लागि सहकार्य गर्न दुवै संस्थाबीच भएको समझारीमाथि आफूलाई गर्व महसुस भएको बताए । उनले भने, ‘हामी दुवै संस्था समृद्धिका असल साझेदार हौं । यस सहकार्य निरन्तर अगाडि बढ्छ । हामी यसलाई केन्द्रदेखि प्रदेशसम्मै लैजान्छौ ।’ अहिले पनि मुलुकभित्र ७४९ वटा स्थानीय निकायसम्म बैकिङ पहुँच विस्तार भइसकेको जानकारी गराउँदै महासंघको यो सहकार्यपछि तल्लो तहसम्म गएर वास्तविक सहयोग खोजिरहेका एसएमईजहरुलाई सघाउन थप सहयोग पुग्ने उनले बताए ।


 
महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डीबी बस्नेतले यो प्रयासबाट साना तथा मझौला उद्योग व्यवसायले ठूलो राहतको महसुस गर्ने भएकाले समझदारीअनुसार छिट्टै दुवै संस्था र आइएलओसमेत बसेर कार्ययोजना बनाई कार्यान्वयनमा जाने प्रतिवद्धता जनाए । 

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का वरिष्ठ अधिकृत प्रकाश शर्माले एसएमईजहरुको ८० प्रतिशत समस्या ऋणको सहज पहुँचको अभाव नै रहेको पाइएकाले एसएमईजहरुलाई नै केन्द्रित गरी भएको यो समझदारीले अब त्यो समस्यालाई सम्बोधन गर्ने विश्वास प्रकट गरे । मुलुकभित्रको कुल रोजगारीमा करिब ९५ प्रतिशत योगदान एसएमईजहरुकै भएकाले यो समझदारीले एसमएमईजहरु फस्टाउन विशेष सहयोग पुग्ने उनको विश्वास छ ।

प्रकाशित समय : ००:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु