गृहपृष्ठ बिहीबार थप ११२ जनामा कोरोना संक्रमण पुष्टि, ८४ जना डिस्चार्ज
बिहीबार थप ११२ जनामा कोरोना संक्रमण पुष्टि, ८४ जना डिस्चार्ज
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ११ पीसीआर परीक्षण गर्दा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा महिला ५२ र पुरूष ६० जना छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ।
बिहीबार ८४ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार २२३ पुगेको छ ।
बिहीबार कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ६७ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ८८२ जना छन् । जसमध्ये ६२ जना क्वारेन्टिनमा र ८८२ जना आइसोलेसनमा छन् ।
प्रकाशित समय : २२:४० बजे



















