global ime bank Long Banner Ad

गृहपृष्ठ कुमारी बैंक लिमिटेडद्वारा क्युआर कोड सेवा विस्तार

कुमारी बैंक लिमिटेडद्वारा क्युआर कोड सेवा विस्तार

कुमारी बैंक लिमिटेडद्वारा क्युआर कोड सेवा विस्तार

कुमारी बैंक लिमिटेडले ललितपुर, ग्वार्कोस्थित तरकारी तथा फलफूल बजारका व्यवसायीहरूलाई सहज रूपले नै मोबाइल फोनबाट भुक्तानी प्राप्त गर्न सकिने क्युआर सुविधा प्रधान गरेको छ । बैंकले सहज भुक्तानीको विकल्प स्वरूप क्युआर कोड ल्याएको हो । 

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको उपस्थितिमा मुख्य अतिथि चिरिबाबु महर्जनबाट सो क्युआर कोडहरू हस्तान्तरण गरिएको थियो । नगद वा कार्डको विकल्पमा आफ्नो मोबाइल फोनबाट भुक्तानी गर्न सकिने डिजिटल प्रविधिलाई प्रवर्धन गर्दै बैंकले आफ्ना ग्राहकहरूका लागि 'कुमारी स्मार्ट' नामको मोबाइल एप्लिकेसन प्रस्तुत गरेको छ । यो एपबाट क्युआर कोड स्क्यान गरी सुरक्षित र सजिलो भुक्तानी गर्न सकिन्छ । यस्तो सेवाको प्रयोग गर्दा कुनै पनि थप शुल्क नलाग्ने हुनाले कागजी नगद यो विकल्प नवीन र सहज पनि छ । यसका साथै कुमारी बैंक लिमिटेडका क्युआर कोड उपलब्ध भएका व्यवसायिक स्थान वा प्रतिष्ठानहरूको संख्या ७ हजार भन्दा बढी पुगेको छ । 

कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २२ शाखारहित बैंकिङ ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएको छ । साथै आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित समय : २२:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु