गृहपृष्ठ सांसदहरुले प्रतिनिधिसभा विघटन भएको अवधिको पनि तलब पाउने
सांसदहरुले प्रतिनिधिसभा विघटन भएको अवधिको पनि तलब पाउने
प्रतिनिधिसभा विघटन भएपछि रोकिएको सांसदहरुको तलब सुचारु हुने भएको छ । सांसदहरूले विघटन र पुनः स्थापनाबीचको ‘शुन्य समय’को पनि तलब पाउने भएका छन् । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पुसको बाँकी अवधिको र माघ तथा फागुनको तलब सांसदहरुको खातामा खप्टिएर जम्मा हुने बताए । प्रतिनिधिसभा विघटन भएपछि सांसदहरुले पुसमा ५ दिनको मात्र तलब पाएका थिए ।
पुस ५ गते प्रतिनिधिसभा भंग भएसँगै २७५ जना सांसदहरुको तलब सुविधा रोकिएको थियो । फागुन ११ मा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापन गरिदिएपछि अब सांसदहरुले तीन महिनाको एकमुष्ट तलब प्राप्त गर्ने भएका छन् ।
प्रकाशित समय : २२:०४ बजे



















