global ime bank Long Banner Ad

गृहपृष्ठ ज्योति लाइफले ६६ लाख कित्ता साधारण सेयर निष्कासन गर्दै

ज्योति लाइफले ६६ लाख कित्ता साधारण सेयर निष्कासन गर्दै

ज्योति लाइफले ६६ लाख कित्ता साधारण सेयर निष्कासन गर्दै

नेपाल धितोपत्र बोर्डले ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सेयर बिक्रीको अनुमति पाएको छ । कम्पनीले ६६ करोड रुपैयाँबराबरको ६६ लाख कित्ता साधारण सेयर बिक्रीको अनुमति पाएको हो ।

कम्पनीले कुल पुँजीको ३० प्रतिशतबराबरको साधारण सेयर बिक्री गर्न लागेको छ । कम्पनीको सेयर बिक्री प्रबन्धमा एनएमबी क्यापिटल रहेको छ । बिक्री प्रबन्धकले केही दिनभित्रै सार्वजनिक विवरण प्रकाशन गर्ने तयारी थालेको छ ।

ग्रिन लाइफ हाइड्रोपावरको शुक्रबार मात्रै साधारण सेयर बाँडफाँड भएको थियो । महिला लघुवित्त वित्तीय संस्थाको पनि साधारण सेयर बाँडफाँडको क्रममा छ ।

पछिल्लो विवरणअनुसार २८ लाख ८३ हजारले हितग्राही खाता खोलेका छन् । त्यस्तै अनलाइन कारोबारका लागि नेप्सको टीएमएस सेवा लिनेको संख्या तीन लाख ५० हजार पुगेको छ ।

प्रकाशित समय : १२:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु