global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ डा. पुष्पा चौधरी स्वास्थ्य सचिवमा नियुक्त

डा. पुष्पा चौधरी स्वास्थ्य सचिवमा नियुक्त

डा. पुष्पा चौधरी स्वास्थ्य सचिवमा नियुक्त

काठमाडौं १३, पुस-  डा. पुष्पा चौधरीलाई सरकारले स्वास्थ्य सचिवमा नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा स्वास्थ्य मन्त्रालयको १२ औं तहमा कार्यरत डा.चौधरीलाई सचिवमा नियुक्त गरेको हो ।

डा. किरण रेग्मीले अवकास पाएसँगै स्वास्थ्य सचिव पद रिक्त थियो । डा. चौधरी स्वास्थ्य सचिव भएसँगै स्वास्थ्य मन्त्रालयमा विगत तीन सातादेखि रिक्त रहेको स्वास्थ्य सचिव पदपूर्ति भएको  छ।

स्वास्थ्य सचिवका लागि चौधरीसँगै प्रमुख विशेषज्ञ डा। विनोदमान श्रेष्ठ तथा डा. सुशीलनाथ प्याकुरेल पनि दाबेदार थिए । डा.चौधरी स्वास्थ्य सचिवमा बढुवा भएसँगै स्वास्थ्य मन्त्रालयले डाक्टर सचिवका रुपमा तीन जना सचिव पाएको छ । यसअघि डा. किरण रेग्मी र डा. सुधा शर्मा स्वास्थ्य सचिव थिए ।

प्रकाशित समय : १८:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु