काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राष्ट्रपति विरुद्ध सर्वोच्चमा रिट

12.98K
shares

काठमाडौँ — सरकारले पठाएको अध्यादेश राष्ट्रपतिले बिनाकारण रोक्नु गैरकानूनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ ।

अधिवक्ता यज्ञमणि न्यौपानेले अविलम्ब अध्यादेश जारी गर्न आदेशको माग गर्दै सर्वोच्चमा निवेदन दिएका हुन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, निर्वाचन आयोगविरुद्ध निवेदन दिएका हुन् । उनले एमाले, माओवादी र कांग्रेसको पार्टी कार्यालयका साथै राष्ट्रपति कार्यालय शितल निवासलाई समेत विपक्षी बनाएका छन् ।

‘राष्ट्रपतिले अध्यादेश रोकेर देशलाई अनिर्णयको बन्दी बनाउन पाइँदैन’अधिवक्ता न्यौपानेले निवेदनमा भनेका छन्, । उनले अध्यादेश जारी नहुञ्जेल निर्वाचन परिणाम घोषणा रोक्न र नयाँ प्रधानमन्त्री नियुक्ति प्रक्रिया समेत रोक्न माग गरेका छन् ।