global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ निर्वाचन आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौँ — निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १५ दिनभित्र दल दर्ता गर्न दलहरुलाई बिहीबार आह्वान गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त आयोधीप्रसाद यादवको अध्यक्षतामा बिहीबार बसेको बैठकले सो निर्णय गरेको आयोगका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए । नेपालको संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता रहेका राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ वा ४९ बमोजिम दल दर्ता गराउनुपर्ने हुन्छ ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन भइसकेको र राष्ट्रियसभा सदस्यको निर्वाचन गरी संघीय संसद्को निर्माण गर्ने क्रममा छिट्टै हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि आयोगले दल दर्ताका लागि आह्वान गरेको हो ।

प्रकाशित समय : २०:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु