गृहपृष्ठ १६ वर्षमा ६१९ चेलीको उद्धार, बेचबिखनमा महिला दलाल पनि संलग्न

१६ वर्षमा ६१९ चेलीको उद्धार, बेचबिखनमा महिला दलाल पनि संलग्न

१६ वर्षमा ६१९ चेलीको उद्धार, बेचबिखनमा महिला दलाल पनि संलग्न

नेपालगञ्ज, १७ पुस – माइती नेपाल क्षेत्रीय कार्यालयमा आफ्ना चेलीबेटी खोजी दिन वर्षेनी सयौँको संख्यामा निवेदन पर्ने गरेकाे छ ।

माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार विगत १६ वर्षको अवधिमा चार हजार ३१८ जनाले आफ्ना चेलीबेटी खोजी दिन संस्थामा निवेदन दिएका छन् । यो वर्ष मात्र संस्थामा ८३४ वटा उजुरी परेको छ ।

निवेदनका आधारमा खोजतलास गर्ने क्रममा अहिलेसम्म ६१९ जनालाई मात्र फेला पार्न सकिएको छ भने बाँकी हराएकाको अवस्था अज्ञात छ ।

संस्थाले सार्वजनिक गरेको तथ्यांकअनुसार, हराएका चेलीमध्ये अधिकांशको उद्धार भारतका विभिन्न शहरबाट गरिएको छ । नेपालबाट लगिएका अधिकांश चेली यौन व्यवसायमा संलग्न गराइने संयोजक कोइरालाको भनाइ छ ।

चेलीबेटी बेचबिखनमा महिला दलाल पनि संलग्न रहेको संस्थाकाे भनाइ छ ।

माइती नेपाल क्षेत्रीय कार्यालयको तथ्यांकअनुसार, विगत १६ वर्षको अवधिमा उद्धार गरिएका चेलीमध्ये १७२ जनालाई सीपमूलक तालीम दिएर रोजगारमा संलग्न गराइएको छ भने “चेलीबेटी बेचबिखनका विषयमा सरकार, यहाँका राजनीतिक दल र नागरिक समाज खासै संवेदनशील नहुँदा यो समस्याले वर्षेनी विकराल रुप लिँदै गएको छ”– संयोजक कोइरालाको भनाइ छ ।

प्रकाशित समय : १३:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु