nmb bank

गृहपृष्ठ विदेशीले पनि मनाए नेपाली टोपी दिवस

विदेशीले पनि मनाए नेपाली टोपी दिवस

विदेशीले पनि मनाए नेपाली टोपी दिवस

बेँसीशहर, लमजुङ, १७ पुस- भ्रमणमा आएका विदेशी पर्यटकले पनि नेपाली टोपी दिवस मनाएका छन् । सदरमुकाम बेँसीशहरमा आयोजित कार्यक्रममा विदेशी पर्यटक नेपाली टोपीसहित सहभागी भएका हुन् ।

‘हाम्रो टोपी हाम्रो शान, नेपाली पहिचान’ भन्ने मूल नाराका साथ स्थानीयवासीले आयोजना गरेको र्यालीमा विदेशी पर्यटकले सहभागिता जनाएका हुन् । नेपालीको पहिचान झल्कने टोपी विश्वकै आकर्षक भएको भन्दै नेपालमै रहेका बेला यो दिवस मनाउन पाएकामा खुशी लागेको बेलायती पर्यटक जुलियाले बताइन् ।

दिवसका अवसरमा उद्योग वाणिज्य संघ लमजुङ, रोटरी, रोट्रयाक्ट, जेसिससहित विभिन्न युवा क्लबले आज बिहान बेँसीशहरमा र्याली निकालेका थिए । र्यालीमा आयोजकसहित टोपीलगायतका विदेशी र सर्वसाधारणको स्वःस्फूर्त सहभागिता रहेको थियो । सर्वसाधारणले भादगाउँले र ढाकाटोपी लगाएर राष्ट्रिय झण्डा बोकेका थिए ।

अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालीको पहिचानका टोपीको महत्व रहेको भन्दै यसको महत्वलाई अझै बढाउन टोपी दिवस सान्दर्भिक भएको रोटरी क्लब अफ लमजुङका अध्यक्ष दीपक पौडेलले बताए ।

विदेशी संस्कृतिको प्रभाव परिरहेका बेला नेपालीको पहिचान जोगाउन सरकारी तवरबाट नै टोपी दिवसलाई विशेष महत्व दिनुपर्ने लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले बताए ।

विगत चारवर्षअघिदेखि रोट्रयाक्ट क्लब अफ लमजुङले टोपी दिवस मनाउँदै आएको छ । अन्तर्राष्ट्रिय क्लब रोट्रयाक्टले नेपाली पनको महत्वलाई प्रवद्र्धन गर्न टोपी दिवस मनाउँदै आएको क्लबका अध्यक्ष झमप्रसाद गुरुङले बताए।

प्रकाशित समय : १३:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु