global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ ‘निर्दाेष’ नेपाली साउदी जेलमा, रिहाइकाे लागि ‘ब्लड मनी’ संकलन सुरू

‘निर्दाेष’ नेपाली साउदी जेलमा, रिहाइकाे लागि ‘ब्लड मनी’ संकलन सुरू

‘निर्दाेष’ नेपाली साउदी जेलमा, रिहाइकाे लागि ‘ब्लड मनी’ संकलन सुरू

नवलपरासी, १७ पुस – साउदीको जेलमा रहेका नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका– ४ मदनपुरका थानेश्वर भुसाललाई रिहाइ गराउनका लागि ब्लड मनी संकलन अभियान देश विदेशमा शुरु गरिएको छ । उनी करिब चार वर्षदेखि साउदी जेलमा छन् ।

२०६८ असोज ६ गते साउदी गएका थानेश्वर भुसाल विसं २०६९ जेठ २६ गते दुर्घटनामा परेका थिए । उनले चलाएको टिपरमा एउटा सवारी साधनले पछाडिबाट ठक्कर दिएपछि ठक्कर दिने सवारी साधनमा रहेका र ठक्करबाट धकेलिएको टिपरले अगाडि ठक्कर दिने अर्को सवारी साधनमा रहेका गरी दुई जनाको मृत्यु भएको थियो ।

आप्रवासी कामदार हकहित संरक्षण मञ्च नवलपरासीद्वारा थानेश्वर भुसाल जीवन रक्षार्थ ब्लड मनी संकलन अभियानअन्तर्गत नेपाल र नेपाल बाहिरबाट समेत सहयोग रकम आउनेक्रम जारी छ ।

आप्रवासी कामदार हकहित संरक्षण मञ्चले अभियान नै सञ्चालन गरी पछिल्लो पटक नेपालमा संकलित रु दुई लाख चार हजार १८७ बराबरको चेक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले पीडित भुसालकी आमा यमकला भुसाललाई हस्तान्तरण गरे ।

चेक हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी मरासिनीले छोटो समयमा भए पनि आर्थिक रकम संकलन कार्यमा सबैले सहयोग गरी अर्थिक संकलन गर्न सकिएको भन्दै यो अभियान सफलतातर्फ उन्मुख भएको बताए ।

त्यस्तै कार्यक्रममा आप्रवासी हकहित संरक्षण मञ्च नवलपरासीका अध्यक्ष बलबहादुर थापाले अब थानेश्वर भुसाललाई नेपालमा ल्याउन धेरै दिन कुर्न नपर्ने भएको बताए ।

कार्यक्रममा शामी परियोजनाकी परामर्शदाता दाता रञ्जना लम्सालले देश तथा विदेशमा रहेका नेपालीको सहयोगले आफूहरुले भुसाललाई छुटाउनका लागि आवश्यक रकम पु¥याउन लागेको बताए ।

प्रकाशित समय : १३:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु