nmb bank

गृहपृष्ठ एसबिआई बैंकको अध्यक्ष सुजितकुमार बर्मा

एसबिआई बैंकको अध्यक्ष सुजितकुमार बर्मा

एसबिआई बैंकको अध्यक्ष सुजितकुमार बर्मा

पुस, २१ – सुजितकुमार बर्मालाई नेपाल एसबिआई बैंकको ४१८ औँ संचालक समितिको बैठकले समितिको अध्यक्षमा सुजितकुमार बर्मालाई नियुक्ती गरेको छ । हालै बसेको बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आएका संचालक बर्मालाई बैंक संचालक समितीको अध्यक्षमा सर्वसम्मतीबाट चयन गरेको हो ।
उनी एसबिआईको मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत रही बैंकका संसारभर रहेका बैकिङ्गसँग सम्बन्धित मामिला हेर्दै आएका छन् ।
नेपाल राष्ट्र बैंकका गर्भनर डा। चिरंजीवि नेपालले अध्यक्ष बर्मालाई गर्भनरको सचिवालय, बालुवाटारमा बिहीबार आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटी तथा शिवराज श्रेष्ठ, कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल, निर्देशकहरु रमण नेपाल, बमबहादुर मिश्र र रामहरी न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित समय : ०६:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु