global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ राष्ट्र बैंकले आइतबार पुनः १० अर्ब बजारमा पठाउँदै

राष्ट्र बैंकले आइतबार पुनः १० अर्ब बजारमा पठाउँदै

राष्ट्र बैंकले आइतबार पुनः १० अर्ब बजारमा पठाउँदै

पुस, २१- बजारमा लगानीयोग्य पुँजीको संकट समधानका लागि नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बजारमा पठाइएको छ । सरकारको विकास ऋणपत्र सिधै खरिद गर्ने उपकरणमार्फत एक सातामा ३ पटक गरी २५ अर्ब रुपैयाँ पठाउदा समत पुँजीको समस्या समधान नहुने भएपछि आइतबार फेरि बैंकिङ प्रणालीमा पुनः १० अर्ब रुपैयाँ पठाउन लागेको हो ।

बजारमा पठाउने रकम ३५ अर्ब रुपैयाँ पुग्ने छ । बैंक तथा वित्तीय संस्थाले बढी रकम मागेपछि नेपाल राष्ट्र बैंकल आउदो आइतबार १० अर्ब रुपैयाँ बजारमा पठाउने लागिएको हो ।
बिहीबार १८ बैंक तथा वित्तीय संस्थाले १४ अर्ब १४ करोड ४४ लाख रुपैयाँ माग गरेकोको र १३ संस्थाले ७ अर्ब ६४ करोड ४५ लाख रुपैयाँ मात्र पाएका छन् । कुपन रेट र डिस्काउन्ट रेट जोडदा ब्याजदर करिडोर नीतिले तय गरेको ३ प्रतिशत तल गएपछि आज धेरै रकम बजारमा नगएको हो । बैंक तथा वित्तीय संस्थाले झण्डै २३ अर्ब रुपैयाँ मागेका थिए ।
बुधबार १३ बैंक तथा वित्तीय संस्थाले १० अर्ब रुपैयाँ लगेको राष्ट्र बैंकले जनाएको छ । बुधबार १३ बैंक तथा वित्तीय संस्था मात्र योग्य भएपछि उनीहरुले पाएको राष्ट्र बैंकले जानकारी दिएको छ । अधिक रकम माग भएकाले बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव भएको प्रष्टै देखिएको छ । गत आइतबार ५ अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गरेकोमा १९ अर्ब रुपैयाँ माग भएपछि केन्द्रीय बैंकले लगानीयोग्य पुँजीको समस्या समधान गर्न बुधबार थप रकम पठाएको हो ।

मंगलबारसम्म बैंकिङ प्रणालीमा ४७ अर्ब रुपैयाँ तरलता छ । लगानीयोग्य पुँजीको समस्या देखिएपछि राष्ट्र बैंकले ऋणपत्र खरिद गरेको हो । राष्ट्र बैंकले गत वर्ष यस्तै समस्या आएपछि सिधै विकास ऋण खरिद उपकरणमार्फत ८ अर्ब ७५ करोड रुपैयाँ बैकिङ प्रणालीमा पठाएको थियो । यो वर्ष दुई पटक गरी १५ अर्ब रुपैयाँ बजारमा पठाए ।
लगानीयोग्य पुँजीको अभाव भएको बैंकहरुले बताइरहदा राष्ट्र बैंकले रिपो जारी गर्न पाएको छैन् । अन्तर बैंक ब्याजदर साढे ४ प्रतिशतमा अडिएकाले राष्ट्र बैंकले रिपो निष्कासन गर्न नपाएको हो । अन्तर बैंक ब्याजदर ५ प्रतिशतबाट माथि गएपछि केन्द्रीय बैंकले रिपो वित्तीय उपकरणमार्फत बजारमा पैसा पठाएर हस्तक्षेप गर्छ । अन्तर बैंक ब्याजदर नबढेकाले बजारमा अधिक तरलता रहेको राष्ट्र बैंकको भनाई छ ।

प्रकाशित समय : ०७:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु