गृहपृष्ठ कर थेग्नै गाह्रो
कर थेग्नै गाह्रो

भद्रपुर, २५ पुस- झापाका उपभोक्ता अधिकारवादीले कर निर्धारण गर्दा स्थानीय नागरिकस“ग सर, सल्लाह र सहमति अनुसार निर्धारण गर्ने सुझाव दिए ।
धान्नै नसक्ने कर निर्धारण गरेको गुनासो धेरै आउन थालेपछि सो कार्यक्रम आयोजना गरिएको थियो । गाउँपालिकाले चर्को कर निर्धारण गरेको उपभोक्ता हकहित संरक्षण मञ्चका संयोजक मोहनचन्द्र रेग्मीले बताए ।
उहाँले नागरिकको ढाड भाँचिनेगरी कर नलगाउन र कर समायोजन गर्न हल्दीबारी गाउँपालिकालाई सुझाव दिनुभयो । राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष मदनगोपाल सुब्बाले सुगम र दुर्गम क्षेत्र वर्गीकरण गरेर कर निर्धारण गर्नुपर्नेमा जोड दिनुभयो । विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले चर्को कर वृद्धिको मारमा उपभोक्तासँगै उद्योगी, व्यवसायी पनि परेकामा गुनासो व्यक्त गर्नुभयो ।
प्रकाशित समय : १५:०९ बजे