काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नाट्टामा शर्मा समूहको उम्मेदवारी घोषणा

13.57K
shares

काठमाडौँ, २५, पुस- नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस ९नाट्टा० दीपेन्द्रकुमार शर्मा समूहले उम्मेदवारी घोषणा गरेको छ । निर्वाचन आउन केही दिन बाँकी रहँदा शर्माको अध्यक्षतामा उम्मेदवारी घोषणा गरेको हो ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा चित्रबहादुर गुरुङ, द्वितीय उपाध्यक्ष संगीता जिरेल, महासचिव विनय बस्नेत, सचिव सविता केसी भट्टराई, कोषाध्यक्षमा राम श्रेष्ठ र सह–कोषाध्यक्षमा युवराज सुवेदीले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

यस्तै सदस्यमा अमृतकुमार ढकाल, रवि थापा, रघु परियार, सन्तोष क्षेत्री, डिपी अर्याल, बेन्जु श्रेष्ठ, गीता ढकाल र विनोद कार्कीको नाम घोषणा गरेको छ । घोषणासभामा अध्यक्षका दाबेदार शर्माले नाट्टालाई राजनीतिक संक्रमणबाट जोगाउँदै संस्थालाई विधानसम्मत अघि बढाउने बताउनुभयो ।

व्यवसायीको हकहित तथा पर्यटन, प्रवद्र्धन र विकासका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्पष्ट पार्दै १५ बुँदे घोषणापत्रसमेत सार्वजनिक गरिएको छ ।

नाट्टाको एकाउन्नौ साधारणसभा पुस २८ गते हुँदैछ । पचास वर्ष पहिले स्थापित ट्राभल तथा टुर व्यवसायीको छाता संगठन नाट्टामा भद्रपुर, पोखरा र धनगढीमा क्षेत्रीय तथा पाल्पामा जिल्ला शाखा छन् । साधारणसभामा ४६७ मतदाताले भाग लिँदैछन् ।
सिएन पाण्डे समूहले उम्मेदवारी घोषणा गरिसकेको छ ।