गृहपृष्ठ स्थानीयबासीको जग्गामा पुरातात्विक संरचना भेटियोे

स्थानीयबासीको जग्गामा पुरातात्विक संरचना भेटियोे

स्थानीयबासीको जग्गामा  पुरातात्विक संरचना भेटियोे

कपिलवस्तु,  पुस, २६-  बाटो बनाउने क्रममा कपिलबस्तु, नगरपालिका.३ सिद्धार्थटोलमा पुरातात्विक संरचना भेटिएको छ । तौलिहवाका आँखा अस्पतालको छेउदेखि उत्तरतर्फ जाने बाटो खन्दाइँटाले बनेको संरचना फेला परेका छन्।

स्थानीयबासीको जग्गामा पाइएका संरचना पुरातात्विक महत्वका अनुमान गरिएको छ र संरचना भित्ता आकारमा रहेका छन् । संरचना भेटिएलगत्तै बाटो निर्माण रोकिएको छ । पुरातत्व विज्ञको टोलीले स्थलगत अनुगमन गरेको छ । पुरातत्व विभागका अधिकृत रामबहादुर कुँवरले सिद्धार्थटोलमा भेटिएको संरचनाको निरीक्षण गरेको र हेर्दा पुरानो इँटा देखिए पनि विस्तृत कुरा अध्ययन गरेपछि मात्र थाहा हुने बताउनुभयो । उक्त स्थलको किनारमै प्राचीन कुवासमेत रहेको र केही वर्षअघि सो कुवामा प्राचीन वस्तु समेत भेटिएका थिए ।

प्रकाशित समय : ०८:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु