global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ बाँकेमा मुलुककै ठूलो अक्सिजन ग्यास प्लान्ट स्थापना

बाँकेमा मुलुककै ठूलो अक्सिजन ग्यास प्लान्ट स्थापना

बाँकेमा मुलुककै ठूलो अक्सिजन ग्यास प्लान्ट स्थापना

नेपालगन्ज- बाँकेको परशपुरमा अत्याधुनिक प्रविधियुक्त अक्सिजन ग्यास प्लान्ट स्थापना गरिएको छ ।

नेपालकै सबैभन्दा ठूलो यो प्लान्टबाट दैनिक ४७ लिटर क्षमताको एक हजार सिलिण्डर अक्सिजन ग्यास उत्पादन हुने बताइएको छ । दैनिक एक हजार २०० लिटर लिक्विड नाइट्रोजन र अक्सिजन उत्पादन क्षमता रहेको यो प्लान्टबाट ‘जिरो एयर’ ग्यास पनि उत्पादन हुने सञ्चालक गौरव श्रेष्ठले बताए ।

एच ओ अक्सिजन इन्डस्ट्रिज प्रालिले सञ्चालनमा ल्याएको प्लान्टले आजदेखि विधिवत् उत्पादन शुरु गरेको छ । करिब रु १० करोडको लागतमा स्थापना गरिएको सो प्लान्ट सञ्चालनमा आएपछि नारायणघाटदेखि पश्चिमी क्षेत्रमा सहज र सुलभ ढंगले अक्सिजन तथा नाइट्रोजन ग्यास र लिक्विड उपलब्ध हुने बताइएको छ ।

बिरामीको संख्यामा वृद्धि, उद्योग कलकारखानाको विस्तार, अस्पताल र व्यक्तिगत जीवनका साथै बजार आवश्यकताको अध्ययन गरेर काठमाडौँ बाहिरको बजारमा सर्वसुलभ तरिकाले अक्सिजन र नाइट्रोजन उपलब्ध गराउन प्लान्ट स्थापना गरिएको सञ्चालक श्रेष्ठले बताए ।

हरि ओम ग्रुपको लगानी रहेको एच ओ अक्सिजन इन्ड्रष्ट्रिज नेपालमा सबैभन्दा धेरै उत्पादन क्षमता भएको अक्सिजन ग्यास प्लान्ट हो ।

प्रकाशित समय : ११:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु