global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ  नविल बैंकको डेपुटी सीईओमा अनिल शाह नियुक्त,

 नविल बैंकको डेपुटी सीईओमा अनिल शाह नियुक्त,

 नविल बैंकको डेपुटी सीईओमा अनिल शाह नियुक्त,

काठमाडौं -नविल बैंकले प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा अनिलकेशरी शाहलाई नियुक्त गरेको छ । सञ्चालक समितिको बिहीबार बसेको बैंक बैंकले स्थायी दरबन्दीको सेवा सुविधा अनुसार हुने गरी शाहलाई डेपुटी सीईओमा नियुक्त गरेको हो ।

पुस १३ गते बैंक सञ्चालक समितिले शाहलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । तर राष्ट्र बैंकले सोही दिन परिपत्र गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई एउटा बैंक छोडेर अर्को बैंकमा नियुक्ती पाउन कम्तिमा ६ महिना कुर्नु पर्ने निर्देशन दिएपछि नविलमा सीईओ बन्न रोकेको थियो ।
पुस १५ गते बैंक सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा शाहलाई नियुक्त गर्ने पुरानो निर्णय रद्द गरेको थियो । तीन दिनपछि पुन बैंठक बसी शाहलाई डेपुटी सीईओमा नियुक्त गरेको हो ।
शाहलाई आगामी साउनमा प्रमुख कार्यकारी नियुक्त गर्ने पक्का भएको छ । विधि प्रक्रिया मिलाएर उहाँलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने विषयमा बैंकमा एक मत भएर नै डेपुटी सीईओ नियुक्त गरिएको हो’ बैंकका एक सञ्चालकले भने ।
डेपुटी सीईओलाई नै कामु सीईओको जिम्मेवारी दिएर बैंक चलाउने योजना बैंकको रहेको छ । हाललाई शाह डेपुटी सीईओ भए पनि ६ महिनापछि सीईओ हुने भएका छन्

प्रकाशित समय : ०८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु