गृहपृष्ठ १० प्रतिशत सेञ्चुरी कमर्सियल बैंकले लाभांश दिने, चुक्ता पुँजी ८ अर्ब नाघ्ने
१० प्रतिशत सेञ्चुरी कमर्सियल बैंकले लाभांश दिने, चुक्ता पुँजी ८ अर्ब नाघ्ने
काठमाडौं – सेञ्चुरी कमर्सियल बैंकले १० प्रतिशत लाभांश आफना सेयरधनीलाई दिने भएको छ । चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने निर्णय गरेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ७ अर्ब ६७ करोड ९४ लाख रुपैयाँ छ । ५ प्रतिशत बोनस पश्चात कम्पनीको पुँजी ८ अर्ब नाघ्ने कम्पनीले जनाएको छ । साथै, कम्पनीले हालको चुक्ता पुँजीको ५ प्रतिशत अर्थात ३८ करोड ३९ लाख ७३ हजार रुपैयाँ बराबरको नगद लाभांश९कर सहित० वितरण गर्ने भएको छ ।
सो मात्राको लाभांश दिने निर्णय बिहीबार बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको यस निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारण सभाले पारित गर्नुपर्ने छ ।
प्रकाशित समय : १७:५६ बजे




















