गृहपृष्ठ तीनदिने ‘विराट अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिता’ बिहीबारदेखि शुरु
तीनदिने ‘विराट अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिता’ बिहीबारदेखि शुरु

जितपुर- कपिलवस्तुमा अन्तर्राष्ट्रियस्तरको कुस्ती (दंगल) प्रतियोगिता बिहीबारदेखि शुरु भएको छ । शुद्धोधन गाउँपालिका लभनीको आयोजनामा तीनदिने ‘विराट अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिता’ बिहीबारदेखि शुरु भएको हो । स्थानीयस्तरमा रहेका खेलाडीको विकास र शारीरिक विकास सँगसँगै नेपाल र भारतका खेलाडीबीचको आपसी मैत्रीभाव विस्तार गर्ने मुख्य उद्देश्यका साथ तीनदिने कुस्ती ९दंगल० प्रतियोगिताको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष भागीरथी यादवले बताए ।
प्रतियोगिताको उद्घाटन गर्दै नेकपा ९एमाले०का नेता तथा समाजसेवी अजिजुर रहमान शेषले लोपोन्मुख खेलको जगेर्ना गर्दै नेपाल–भारतबीचको आपसी सम्बन्ध बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगिताको पहिलो दिन बिहीबार १० जोडी पहलमानले प्रतिष्पर्धा गरेका थिए ।
नेपालका नवलपरासी, पोखरा, काठमाडौँलगायतका स्थान तथा भारतका गोरखपुर, वनारस, झाँसी तथा मध्यप्रदेशका शहरबाट पहलमानले उक्त प्रतियोगितामा सहभागिता जनाउने आयोजकको भनाइ छ । प्रतियोगिताको समापन शनिबार हुनेछ ।
प्रकाशित समय : ०८:४७ बजे