गृहपृष्ठ अदुवा निकासी खुल्ला

अदुवा निकासी खुल्ला

अदुवा निकासी खुल्ला

इलाम- भारतले एक महिनादेखि अदुवा निकासीमा लगाएको प्रतिबन्ध हटेको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आएपछि उक्त प्रतिबन्ध हटेको हो । अदुवा निकासी खुलाउनेबारे बुधबार नेपाल र भारतीय पक्षबीच छलफल भएको थियो । त्यसलगत्तै अदुवा निकासी खुल्ला भएको इलाम नगरपालिकाका अदुवा व्यापारी कृष्ण पौडेलले जानकारी दिए ।

अदुवा निकासी ठप्प हुँदा किसान र व्यापारी दुवै चिन्तित भएका थिए । निकासी खुलाउन दुवैले सरकारसँग माग गर्दै आएका थिए । निकासी खुल्ला भएपछि एक महिनादेखि लोड भएर बसेका दर्जनौँ ट्रक काँकडभिट्टातर्फ लागेको व्यापारी पौडेलले जानकारी दिए ।

प्रकाशित समय : ११:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु