global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ दुई वर्ष लगाएर सगरमाथाको उचाइ मापन गरिँदै

दुई वर्ष लगाएर सगरमाथाको उचाइ मापन गरिँदै

दुई वर्ष लगाएर सगरमाथाको उचाइ मापन गरिँदै

काठमाडौँ, ५ पुस (रासस):  नेपालले पहिलोपटक आफ्नै खर्चमा दुई वर्ष लगाएर सगरमाथाको उचाइ मापन गर्ने भएको छ ।  

यसभन्दा पहिले छिमेकी मुलुक भारत र चीनका विभिन्न कम्पनीले सगरमाथाको उचाइ मापन गरेपनि नेपालले सरकारीस्तरबाट पहिलोपटक मापन गर्न लागेको हो ।

सगरमाथाको आधिकारिक उचाइ सर्वे अफ इण्डियाको १९५४ को मापन आठ हजार ८४८ मिटरलाई मान्दै आएको छ ।

नापी विभागले आज पत्रकार सम्मेलन गरी १२ वटा बिन्दु बनाएर सगरमाथाको मापन गर्न लागेको जानकारी दियो ।

सम्मेलनमा विभागका महानिर्देशक गणेशप्रसाद भट्टले सगरमाथाको उचाइ मापनका लागि समुद्र सतहदेखि गर्नुपर्ने भएकाले समुद्रदेखि भारतीय भू–भाग भारत र चिनियाँ भू–भागका लागि चीन सरकारलाई मापन गर्न अनुरोध गर्ने बताए ।

विभागले सगरमाथाको उचाइ मापन गर्न बनाइएको कार्यविधिलाई अन्तिम रुप दिन यही मंसिर २५ र २६ गते अन्तर्राष्ट्रिय गोष्ठीको आयोजनासमेत गरेको थियो ।

त्रुटिपूर्ण नक्सा प्रकाशन र प्रसारण नगर्न आग्रह  

विभागले नेपालको नक्सालाई त्रुटिरहित ढंगले प्रकाशन र प्रसारण गर्न व्यक्ति तथा सञ्चारमाध्यमसँग आग्रह गरेको छ ।

त्रुटिपूर्णरुपमा प्रकाशन, प्रसारण गर्दा छिमेकी मुलुकले सीमा स्तम्भलाई मिच्नसक्ने भन्दै विभागले आफूले जारी गरेको आधिकारिक नक्सा प्रयोग गर्न आग्रह गरेको हो ।

विभागले आधिकारिक नक्सा प्रयोग नगर्ने व्यक्ति वा सञ्चारमाध्यमलाई नाप जाँच ऐन २०१९ बमोजिम रु २० हजार जरिवाना र प्रकाशन सामग्री जफत गर्ने जनाएको छ ।

जग्गाको क्षेत्र यकिन गरी खरिद बिक्री गर्न आग्रह  

विभागले घरजग्गाको कारोबार गर्दा रेखांकन तथा क्षेत्रफल यकिन गरेर खरिद बिक्री गर्न आग्रह गरेको छ ।

जग्गा खरिद बिक्री गर्दा धेरै व्यक्ति ठगिएको जनगुनासो आएपछि विभागले नापी कार्यालयबाट विधिवत्रुपमा खटिएका कर्मचारीबाट नक्सा स्वीकृत गराएर खरिद बिक्री गर्न आग्रह गरेको हो ।

प्रकाशित समय : २२:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु