global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ चमेलियाको निर्माण सकियो, प्रधानमन्त्रीले माघ २७ मा उद्घाटन गर्ने

चमेलियाको निर्माण सकियो, प्रधानमन्त्रीले माघ २७ मा उद्घाटन गर्ने

चमेलियाको निर्माण सकियो, प्रधानमन्त्रीले माघ २७ मा उद्घाटन गर्ने


दार्चुला – सरकारी लगानीमा निर्माण भएको ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य सकिएको छ । निर्माण कार्य सकिएसँगै राष्ट्रिय गौरवको आयोजना चमेलिया जलविद्युतको औपचारिक उद्घाटन माघ २७ गते हुने भएको छ ।
दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका–१, बलाचमा रहेको आयोजनाको औपचारिक उद्घाटन यही माघ २७ गते प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने तय भएको छ । उद्घाटनका लागि प्रधानमन्त्री आयोजनास्थल बलाच पुग्ने आयोजना प्रमुख अजय दाहालले जानकारी दिए ।
प्रधानमन्त्री शेरबहादुर देउवासँगै उद्घाटनका लागि ऊर्जामन्त्री कमल थापासमेत बलाँच पुग्ने जनाइएको छ । प्रधानमन्त्रीले औपचारिक रुपमा उद्घाटन गरेसँगै आयोजनाले व्यवसायिक उत्पादन थाल्नेसमेत आयोजना प्रमुख दाहालले जानकारी दिए । उद्घाटनका लागि आयोजना स्थलमा आवश्यक तयारी भइरहेको छ ।
आयोजनाले हाल १५/१५ मेगावाटका दुई युनिटबाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडेको छ । आयोजना निर्माण सम्पन्न गर्ने निर्धारित लक्ष्यभन्दा ६ वर्ष बढी समय लागेको र आयोजना निर्माण शुरु भएको झण्डै ११ वर्षपछि विद्युत् उत्पादन भएको हो ।
आयोजना निर्माणमा भएको ढिलाइले लागत बढेर १६ अर्ब रुपैयाँमा पुगेको छ । आयोजनाले वार्षिक १८ करोड ४२ लाख युनिट बिजुली उत्पादन गर्ने जनाइएको छ । आयोजनाका अनुसार यसबाट वार्षिक रु एक अर्ब १० करोड आम्दानी हुनेछ । आयोजना चाइना गेजुवा ग्रुप अफ कम्पनी (सीजीजीसी) ले निर्माण गरेको हो ।
प्रधानमन्त्री दार्चुला पुग्ने भएपछि जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयबाट परिपत्र गरिएको छ । सो दिन सुरक्षा व्यवस्थालाई चुस्त एवम् दुरुस्त बनाउन परिपत्र प्राप्त भएको प्रजिअ जनार्दन गौतमले जानकारी दिए ।

प्रकाशित समय : १२:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु