गृहपृष्ठ फागुन ३ देखि ६ गतेसम्म अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी
फागुन ३ देखि ६ गतेसम्म अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी

काठमाडौँ – कृषि क्षेत्रलाई व्यवसायिक रुपमा विकास गर्ने ध्येयले यही फागुनको ३ देखि ६ गतेसम्म दोस्रो अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी हुने भएको छ । मिडिया स्पेश सोलुसन्स प्रालिको संयोजनमा भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनीमा भारत, मलेशिया, चीन, जर्मनीलगायत देशले उत्पादन गरेका कृषियन्त्र र उपकरण रहने छन् ।
प्रदर्शनीका साथमा कृषिसम्बन्धी गोष्ठीसमेत हुने आज आयोजित गरिएको पत्रकार सम्मेलनमा संस्थाका प्रमुख सृजल भट्टराईले बताए । प्रदर्शनीमा पशुपालन, माछापालन, कुखुरापालन र डेरीका उत्पादनसमेत रहने बताए ।
प्रकाशित समय : १८:४३ बजे