काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

माथिल्लो त्रिशुली-३ बि को निर्माण सिचुवानले गर्ने, निर्माण अवधी तीन वर्ष

11.93K
shares

काठमाडौं-३७ मेगावाटको माथिल्लो त्रिशुली- ३ बि जलविद्युत आयोजनाको निर्माण सम्झौता भएको छ।

माथिल्लो त्रिशुली ३ बि को प्रवर्द्धक त्रिशुली जलविद्युत कम्पनी र चिनियाँ कम्पनी सिचुवान आनहे हाड्रोलिक एण्ड हाइड्रो इलेक्ट्रिक ईन्जिनियरिङ कम्पनीबीच तीन वर्ष भित्र निर्माण सक्ने गरि खरिद सम्झौतामा सोमबार हस्ताक्षर भएको छ।

कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतम र सिचुवानका तर्फबाट काओ सेनपिङले सम्झौंतामा हस्ताक्षर गरेका छन्।

सम्झौतामा सिचुवानले आयोजनाको प्रशारण लाईन बाहेक सिभिल, इलेक्ट्रोमेकानिकल तथा हाइड्रोमेकानिकल तर्फको सम्पूर्ण संरचनाको निर्माण तथा मेसिनरी आपूर्ति र जडानको काम गर्नेछ।

आयोजना निर्माणको सम्झौता रकम भ्याट कर सहित तीन करोड १८ लाख ४७ हजार ८३८ अमेरिकी डलर (एक अर्ब ९१ करोड ४६ लाख १९ हजार ४७२ रुपैयाँ) रहेको छ।आयोजना इन्जिनियरिङ प्रोक्रुमेन्ट एन्ड कन्सट्रक्सन मोडलबाट निर्माण हुनेछ।

नेपाल विद्युत प्राधिकरणद्धारा निर्माणाधिन माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको क्यासकेड आयोजना हो।आयोजनाबाट सुख्खायाममा १३४.८८ गिगावट आवर र वर्षायाममा १५७.७० गिगावट आवर गरि वार्षिक २९२.५८ गिगावाट आवर विद्युत उत्पादन गर्नेछ।

आयोजनाबाट उत्पादित विद्युत बिक्रीको लागि कम्पनी र प्राधिकरणबीच गत भदौ ६ गते विद्युत खरिद बिक्री सम्झौता (पिपिए) भइसकेको छ।