global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ बैशाखदेखि हजामकाे लागि ड्रेस अनिवार्य

बैशाखदेखि हजामकाे लागि ड्रेस अनिवार्य

बैशाखदेखि हजामकाे लागि ड्रेस अनिवार्य

काठमाडौं – आगामी बैशाख १ गतेदेखि हजामहरु कपाल काट्दा अनिवार्य ड्रेस लगाउनु पर्ने भएको छ ।

नाइ संघ नेपालले हजामलाई ड्रेस अनिवार्य गर्न निर्णय गरेकाे हाे । संघले पेशालाइ मर्यादित बनाउन यस्ताे निर्णय गरेकाे जनाएकाे छ ।

‘नाइ पेशालाइ सुधार गर्न नीतिअनुरूप बैशाखदेखि ड्रेस लगाउनु पर्ने नीति बनाएका हौं,’ नाइ संघका अध्यक्ष राजाराम ठाकुरले भने ।

उनका अनुसार कपाल काट्दा हजामले अनिवार्य रुपमा माक्स लगाउनुपर्ने छ । ग्राहकको सुरक्षाका लागि कानमा कपाल नपरोस् भनेर कपास राख्नै पर्ने लगायतका व्यवस्था गर्न लागिएको हो ।

पिरामा राखेर समेत कपाल कटाउने चलन अझै कायम छ । संघले यसलाई विस्थापित गर्ने नीति लिएको पनि ठाकुरले जानकारी दिए ।

संघको नीतिअनुसार सार्वजनिक जग्गामा कपाल काट्नु गैरकानूनी मानिने छ । हजामले आफ्नो व्यवसायमा मात्र नभएर ग्राहकको सुरक्षामा समेत ध्यान दिनुपर्ने उनको भनाइ छ ।

‘ग्राकह सन्तुष्ट हुनेगरी काम गरेमात्रै यो पेशाको गरिमा अझै बढ्छ,’ उनले भने ।

ड्रेस नलगाउनेलाई संघले नै अनुगमन गरी कारबाही गर्ने उनले जानकारी दिए ।

‘कस्तो कारवाही गर्ने भनेर आगामी चैत्र २७ र २८मा बस्ने केन्द्रीय कमीटीको बैठकले निर्धारण गर्नेछ,’ उनले भने ।

देशभर लगभग १६ हजार सैलुन रहेको अनुमान गरिएको छ । एउटा सैलुनमा औषतमा १ देखि ३ जना हजाम कार्यरत रहेको संघले जनाएको छ ।

प्रकाशित समय : १४:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु